उपत्यकामा २९८ जना कोरोना संक्रमित थपिए



काठमाडौं : काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १ सय ९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

प्रकाशित : भदौ १५, २०७७

प्रतिक्रिया दिनुहोस्