चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु



चितवन : चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको चितवनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार भदौ १४ गते अस्पतालमा आएका ती पुरुषमा कडा खालको निमोनिया देखिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

ती पुरूषमा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनमा कोरोनाबाट संक्रमितको मृत्युु हुने संख्या १७ पुगेको छ । मृत्यु हुनेमा चितवनका ९ र मकवानपुरका ४ जना छन् ।

प्रकाशित : भदौ १६, २०७७

प्रतिक्रिया दिनुहोस्