४६५ वर्ष पहिले नास्त्रेदामसले गरेका थिए कोरोनाको भविष्यवाणी !



एजेन्सी : फ्रान्सका भविष्यवक्ता नास्त्रेदामसले कोरोना भाईरस सम्बन्धी भविष्यवाणी गरेको खुल्न आएको छ । नास्त्रेदामसले ४६५ वर्ष पहिले आफ्नो भविष्यवाणीको पुस्तक ‘सेञ्चुरिज’मा लगभग ९५० वटा भविष्यवाणी गरेका छन् ।

उनका ति भविष्यवाणीलाई लिएर अहिले बिभिन्न विचार विश्लेषण भइरहेका छन् । तिनै नास्त्रेदामसको भविष्यवाणी अहिले चीनको वुहानमा फैलिएको महामारी संग मिल्न गएको भन्दै सामाजिक संजालमा तर्क बितर्क बढेको छ।

केहि मानिसहले भने उनको भविष्यवाणी पुस्तकको छन्द २ः५३ मा समुन्द्र नजिकको एक शहरमा एक ठूलो महामारी फैलिन्छ र जसबाट लाखौँ मानिसहरु मर्दछन् । नास्त्रेदोमसले बताए अनुसार उक्त शहर चीनको वुहान नै हो भन्न थालेका छन् । उनले जहाँ समुन्द्र जीवको कारोबार हुन्छ, त्यहिँबाट एउटा महाममारी फैलिने भविष्यवाणी गरेका थिए । नभन्दै वुहानको पशु बजारबाटै कोरोना फैलिएको थियो ।

लण्डन स्कूल अफ हाइजीन् एण्ड मेडिसिनले आफ्नो रिपोर्टमा वुहानमा कोरोना संक्रमित मानिसहरुको संख्या यसै प्रकारले फैलिँदै जाने र शहरका ५ प्रतिशत अर्थात् ५ लाख मानिसहरुको त्यसको संक्रमणबाट मृत्यु हुने बताएको छ । वुहानमा समुन्द्री जीवहरुको व्यापार गर्ने गरिन्थ्यो । नास्त्रेदामसले आफ्नो भविष्यवाणी पुस्तकमा तुफान, महामारी र युद्धका कारण लाखौँ मानिसहरु मर्ने कुरा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्