मलामी गएका व्यक्ती कान्द्रा नदिमा ड्बेर बेपत्ता



सुखडः कैलालीको घोडाघोडीमा मलामी गएका एक जना व्यक्ती डुबेर बेपत्ता भएक छन् । आफन्तको मलामी गएका उनी कान्द्रा नदिमा ड्बेर बेपत्ता भएका हुन् ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नं.४ माघीका ४५ वर्षिय कालु सिंह साउँद बेपत्ता भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

आज (मंगलबार) एक महिलाको मलामी हिंडेका साउँद नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । नदि गहिरो भएकाले उनको खोजीकार्य गर्न असहज भईरहेको र गोताखोरलाई बोलाउने तयारी रहेको बताईएको छ ।

प्रकाशितः १६ भदौ २०७७

प्रतिक्रिया दिनुहोस्