प्रदेश २ मा मंगलबार ८८ जना संक्रमित थपिए, ५१ जना डिस्चार्ज भएर घर फर्के



जनकपुरधाम: प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ११ महिलासहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार धनुषाका २९, पर्साका १८, सर्लाहीका १६, महोत्तरीका ११, बाराका ८, रौतहटका ३, सिरहाका १, सप्तरीका १ र जिल्ला नखुलेका १ जना संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार ३ सय ६ पुगेको छ । संक्रमितमध्ये ८ हजार ७ सय ४४ पुरुष र १ हजार ५ सय ६२ महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ८८ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

धनुषाका संक्रमितहरु जनकपुरधाम उपमहानगरपालिकाका १२ देखि ६० वर्ष उमेर समुहका ५ जना महिला र १० देखि ६९ वर्ष उमेर समुहका १२ जना पुरुष, मिथिला नगरपालिका–७ का ३३ र ४४ वर्षीय २ जना पुरुष, धनौजी गाउँपालिकाका ३८ वर्षीय एक पुरुष, नगराईन नगरपालिकाका ४२ र ५५ वर्षीय २ जना पुरुष, पौडेश्वर–७ का ३३ वर्षीया एक महिला, एनबि बैंकका २७ वर्षीय एक पुरुष, औरही गाउँपालिका घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका ४५ वर्षीय एक पुरुष एवं प्रादेशिक अस्पताल जनकपुरका २० देखि ४८ वर्ष उमेर समुहका ४ जना पुरुष रहेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकाका ३० वर्षीया एक महिला र २६ देखि ६६ वर्ष उमेर समुहका ४ जना पुरुष, गरदावल–२ का ६८ वर्षीय एक पुरुष, वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ३५ वर्षीय एक पुरुष, वीरगञ्ज महानगरपालिका–१६ नगवाका ५५ वर्षीय एक पुरुष, वीरगञ्ज महानगरपालिका–८ पानीटंकीका २३ वर्षीया एक महिला र २३ वर्षीय एक पुरुष, कालिकामाई गाउँपालिका–५ बिरन्चीबरवाका २६ वर्षीया एक महिला र ३० वर्षीय एक पुरुष, कालिकामाई गाउँपालिका–५ र २१ का २७ देखि ३७ वर्ष उमेर समुहका ३ जना पुरुष, घरवार नभएका अन्दाजी ६० वर्षीय एक पुरुष र ठेगाना खुल्न नसकेका ३१ तथा ३५ वर्षीय २ जना पुरुष संक्रमित भएका छन् ।
सर्लाहीका संक्रमितहरु गोडैता नगरपालिकाका १४ देखि ६५ वर्ष उमेर समुहका १५ जना पुरुष र लालबन्दी नगरपालिका घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका ३८ वर्षीय एक पुरुष रहेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका २७ वर्षीय एक महिला र २४ वर्षीय एक पुरुष, मनरा सिस्वा नगरपालिकाका ४८ वर्षीय एक महिला र १२ देखि ५० वर्ष उमेर समुहका ४ जना पुरुष, लोहरपट्टी नगरपालिकाका २३ वर्षीय एक पुरुष, गोनरपुरा–६ का २५ वर्षीय एक पुरुष, सम्सी गाउँपालिका घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका ३२ वर्षीय एक पुरुष र बर्दिबास नगरपालिकाका ३८ वर्षीय एक पुरुष कोरोना संक्रमणको चपेटामा परेका छन् ।

बाराका संक्रमितहरु कलैया उपमहानगरपालिका–७ का २५ वर्षीय एक पुरुष र कोरोना अस्थाई अस्पताल जीतपुरका २५ देखि ४१ वर्ष उमेर समुहका ७ जना पुरुष रहेका छन् ।

रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर–१ र २ का २१ एवं २२ वर्षीय २ जना पुरुष र गरुडा नगरपालिकाका २९ वर्षीय एक पुरुष समेत संक्रमित भएका छन् भने सिरहाको मिर्चैया नगरपालिका–६ का ६५ वर्षीय एक पुरुष र सप्तरीको कञ्चनरुप नगरपालिका–८ का ४५ वर्षीय एक पुरुष तथा ठेगाना खुल्न नसकेका २२ वर्षीय एक पुरुष समेत कोरोना संक्रमित भएका छन् ।

प्रदेशभरीमा मंगलबारसम्म सप्तरीमा १४ हजार ३ सय १४, सिरहामा ७ हजार १ सय ६८, धनुषामा ११ हजार २ सय ३१, महोत्तरीमा ५ हजार ९ सय ९८, सर्लाहीमा ११ हजार ८ सय ३३, रौतहटमा २० हजार ६ सय ६३, बारामा ९ हजार १ सय ६५ र पर्सामा १९ हजार २ सय १४ गरि जम्मा ९९ हजार ५ सय ८६ जनाको स्वाब परिक्षण गरिएकोमा १० हजार ३ सय ६ जना संक्रमित भएका छन् भने ८२ हजार ८ सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार २ सय १, सिरहामा ३ सय २७, धनुषामा ७ सय ५०, महोत्तरीमा ३ सय ५०, सर्लाहीमा १ हजार १ सय, रौतहटमा १ हजार १ सय ३६, बारामा १ हजार ३४ र पर्सामा ५ सय ५० गरि कुल ६ हजार ४ सय ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ४६, सिरहामा १ सय ३८, धनुषामा १ सय २०, महोत्तरीमा १ सय २१, रौतहटमा ३ सय ३३, बारामा २ सय ९६ र पर्सामा ४ सय १ गरि १ हजार ४ सय ५५ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १० हजार २७ बेड क्षमताको १ सय ९६ वटा क्वारेन्टाइनमा अहिले ७ सय २१ जनालाई राखिएको छ भने १ हजार ५ सय ९८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ९ सय ५७ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ३०, सिरहामा १ सय ३४, धनुषामा ७८, महोत्तरीमा १५, सर्लाहीमा ९४, रौतहटमा ७५, बारामा ७९ र पर्सामा ५ सय १६ गरि १ हजार १ सय २१ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए । त्यस्तै यस प्रदेशमा सप्तरीमा ५३, सिरहामा ३, धनुषामा ६ सय १०, महोत्तरीमा ७ सय ७८, सर्लाहीमा ७ सय ३८, रौतहटमा ७ सय ४८, बारामा ४ सय १६ र पर्सामा ७ सय ५७ गरि ४ हजार १ सय ३ जना होम आइसोलेसनमा रहेको उनले बताए ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार २ सय २६ जना संक्रमित भएका छन् । रौतहटमा १ हजार ६ सय ३६, धनुषामा १ हजार ५ सय ७६, सर्लाहीमा १ हजार ५ सय ६३, महोत्तरीमा १ हजार २ सय ५४, बारामा ८ सय ६१, सप्तरीमा ७ सय ९१ र सिरहामा ३ सय ९९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सिरहाका १०, धनुषाका ७, महोत्तरीका ४, सर्लाहीका १० र पर्साका २० जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ६ सय २, सिरहाका ३ सय ११, धनुषाका ८ सय ७६, महोत्तरीका ४ सय ५१, सर्लाहीका ७ सय २८, रौतहटका ८ सय ८, बाराका २ सय ९६ र पर्साका ९ सय १६ गरि ४ हजार ९ सय ८८ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा ३६, बारामा १४, धनुषामा १२, महोत्तरीमा १०, सिरहामा ८, सप्तरीमा ६, रौतहटमा ५ र सर्लाहीमा ३ जना गरि ९४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः १६ भदौं, २०७७

प्रतिक्रिया दिनुहोस्