चितवनमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि



चितवन : भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षमा चितवनका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार राति भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ जना र धुलिखेलमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरू २१ देखि ८० वर्ष सम्मका छन् ।

भरतपुरमा गरिएको परीक्षणमा अन्य विभिन्न जिल्लाका ७ समेतगरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

चितवनमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा १६ पुरुष र १० महिला गरि २६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै रत्ननगर नगरपालिका–१० की २७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेकी राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरि चितवन बाहिरका संक्रमण पुष्टि हुनेमा नवलपरासीका २ पुरुष र एक महिला गरी तीन जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सरबाट स्वाब दिएका उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरि धनुषा, रुपन्देही, सिरहा र बाराका एक–एक जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू सबैले वीपी कोइराला मेमोरियल क्यान्सरबाट स्वाब दिएका थिए ।त्यसै

गरी धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १३ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमण पुष्टि हुने

सबै भरतपुर महानगरपालिकाका हुन् । उनीहरू २ जना पुरुष र ११ जना महिला रहेका छन् । चितवनमा स्वाब संकलन धेरै भएपछि परीक्षणको लागि ७ सय ५५ वटा नमुना काठमाडौं र धुलिखेल पठाइएको थियो ।

यससँगै चितवनमा कुल संक्रमितको संख्या ७ सय ९६ पुगेको छ । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको भरतपुर अस्पतालले जनाएको छ ।

प्रकाशित : भदौ १७, २०७७

प्रतिक्रिया दिनुहोस्