नेकपा सचिवाय बैठक आज बस्दै



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान ११ बजे नेकपा सचिवालय बैठक बस्दैछ ।

आज बस्ने बैठकमा मुख्यतः कार्यदलले बुझाएको प्रतिवेदनमा केन्द्रित रहि छलफल हुने बताइएको छ ।

सचिवालय बैठकबारे छलफल गर्न हिजो नेकपा अध्यक्षद्वयबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा सचिवालय बैठक सञ्चालन गर्ने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका थिए ।

यता हिजै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो । खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटवार्टामा आज बस्ने सचिवालय बैठकको तयारीका विषयमा छलफल भएको जनाइएको थियो ।

गत शनिबारको सचिवालय बैठक स्थगित भएपछि बिहीबारको लागि बोलाइएको छ । सचिवालयका सदस्यद्वय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सेल्फ आइसोलेसनमा बसेपछि शनिबारको सचिवालय बैठक स्थगित भएको थियो ।

प्रकाशित : भदौ १८, २०७७

प्रतिक्रिया दिनुहोस्