मुद्दती निक्षेपमा नागरिक लगानी कोषले लगानी गर्ने



काठमाडौंः नागरिक लगानी कोषले ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

कोषले १ देखि २ वर्षे अवधिको लागि उक्त रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ । ईच्छुक बैंकहरुले साउन २१ गते दिउँसो २ बजेभित्र सिलबन्दी आवेदन दिन सक्ने कोषले जनाएको छ ।

कोषले २०७७ असोज १० गतेसम्म भुक्तानी म्याद सकिने मुद्दती निक्षेप समावेश गरिएको सुचना मार्फत जनाएको छ । कोषले एक सुचना जारी गर्दै निक्षेप लिन चाहाने ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको रकम, निक्षेपमा प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तान गर्ने अवधिसमेत उल्लेख गरी आवेदन पेश गर्न आग्रह गरेको छ ।

प्रकाशितः १८ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्