गृहमन्त्रीको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण



काठमाडौं : बाढी प्रभावित क्षेत्र बागलुङको ढोरपाटन गएका गृहमन्त्री रामबहादुर थापा बादलको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरिएको छ । अचानक मौसममा आएको खराबीका कारण हेलिकप्टर बागलुङ नगएर पोखरामा अवतरण गरिएको हो ।

गृहमन्त्री थापासँगै सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल लगायतको टोली नेपाली सेनाको हेलिकप्टरमा बिहीबार बिहान काठमाडौंबाट बागलुङतर्फ गएको थियो ।

बाढीले बागलुङमा कयौ घर बगाएको थियो । घर बगाएपछि बेपत्ता भएकामध्ये १०जनाको शव फेला परेको छ भने अझै ४०जना बेपत्ता छन् । ती बाढीपीडित परिवारका लागि राहत सामग्री लिएर गृहमन्त्रीको टोली बागलुङ गएको थियो ।

प्रतिक्रिया दिनुहोस्