भारतीय सेना प्रमुख नरवाणे पुगे लद्दाख



एजेन्सीः आज बिहानै भारतीय सेनाका प्रमुख जनरल एमएम नरवाणे लद्दाख पुगेका छन् ।

उनले त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए । चीन-भारतको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा २८ अगस्टको राती भएको झडपमा एक भारतीय सैनिकले ज्यान गुमाएका थिए ।

केहि महिना यता तनावग्रस्त रहेको चीन भारतको सम्बन्ध १५ जूनमा भएको हिंसात्मक झडपपछि सम्बन्ध बिग्रिँदै आएको हो । सीमा क्षेत्रमा चीन-भारतबीच विवाद बढेसँगै भारतीय सेना प्रमुख लद्दाख पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशितः १८ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्