जापान नजिक मालवाहक जहाज समुद्रमा डुब्यो



एजेन्सीः ४० जना कर्मचारी र ६ हजार गाईवस्तु बोकेको एक मालवाहक जहाज जापान नजिक समुद्रमा डुबेको छ ।

जापानी तटरक्षकहरूले एक व्यक्तिलाई उक्त जहाजबाट उद्धार गरेका छन् । उनी लाइफ ज्याकेट लगाएर तैरिरहेका थिए र जहाज डुबेको बताएका थिए । गल्फ लाइभस्टक १ नामक उक्त जहाजले पूर्वी चीन सागरमा माइसाक तुफानमा परेपछि उद्धारका लागि संकेत पठाएको थियो ।

बाँकी कर्मचारी र जहाजको खोजी जारी छ तर बाँचेकाहरू फेला पार्ने सम्भावना कम छ । जहाजमा फिलिपिन्सका ३९, न्युजील्यान्डका २ र अस्ट्रेलियाका २ कर्मचारी थिए । जहाजलाई एउटा ठूलो लहरले हिर्काएपछि इन्जिनले काम गर्न छोडेको र पल्टिएको उद्धार गरिएका कर्मचारीले बताए ।

उद्धार भएका मानिस ४५ वर्षीय चीफ अफिसर एडुआर्डो सारेनो हुन् । सबै कर्मचारीलाई लाइफ ज्याकेट लगाउन भनेको र आफू पानीमा हामफालेको उनले बताए । आफूले अन्य कर्मचारीलाई नदेखेको उनले बताए । गल्फ लाइभस्टक अगस्ट १४ मा न्युजील्यान्डबाट चीन जान लागेको न्युजील्यान्डको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशितः १८ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्