काभ्रेमा बञ्चरो प्रहार गरी बुहारीको हत्या



काभ्रेः काभ्रेको नमोबुद्ध नगरपालिका-८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् ।

दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरो प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

अभियुक्त अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस

प्रकाशितः १८ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्