युद्धको क्रममा ज्यान गुमाएका सैनिकका सम्बन्धमा ट्रम्प दिए आपत्तिजनक अभिव्यक्ति



एजेन्सी : युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका सम्बन्धमा दिएको आपत्तिजनक अभिव्यक्तिका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचित भएका छन् ।

ट्रम्पले युद्धका क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकलाई ‘लुजर्स’ र ‘सकर्स’ भनेको खबर सार्वजनिक भएपछि आलोचना तीव्र भएको हो ।

ट्रम्पको टिप्पणीसम्बन्धी खबर सबैभन्दा पहिले द एट्लान्टिक म्यागजिनले प्रकाशित गरेको थियो भने त्यसपछि एसोसियट प्रेसले खबर प्रकाशित गरेको थियो ।

राष्ट्रपति ट्रम्पको प्रिय र उनका अधिकांश गतिविधिको पक्षपोषण गर्दै आएको फक्स न्यूजले पनि ट्रम्पले युद्धमा ज्यान गुमाएका सैनिकका सम्बन्धमा खराब टिप्पणी गरेको पुष्टि गरेको छ ।

प्रकाशित : भदौ २०, २०७७

प्रतिक्रिया दिनुहोस्