सुदूरपश्चिममा कैलालीका २४ सहित थप ४५ जनामा कोरोना पुष्टि



धनगढीः सुदूरपश्चिम प्रदेशमा शनिवार थप ४५ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको ६ सय ७९ नमुना परीक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो । ३ वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २४, बझाङका १६, कञ्चनपुरका ३ र डोटीका २ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनगढी उप-महानगरपालिका वडा नम्वर ५ का १ महिला र ३ पुरुष गरी ४ जना, वडा नम्वर ३ का २ महिला र २ पुरुष गरी ४ जना, धनगढीको वडा नखुलेका १ महिला र २ पुरुष गरी ३ जना र वडा नं.७ का एक पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनले कैलालीकै गोदावरीका १२ जना, कञ्चनपुर पुनरवासका २ जना र भीमदत्तनगरका १ जनामा पनि संक्रमण पुष्टि भएको जानकारी दिए ।

उता डडेल्धुरा असपतालको प्रयोगशालामा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएका सबै बझाङका हुन । सबैभन्दा बढि बझाङको कोदास्यु गाउँपालिकाका १० जना, थलारा गाउँपालिकाका ४ र छब्बीपाथिभरा गाउँपालिकाका २ जना रहेको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित दुबै जना पुरुष हुन भने उनीहरुको डोटीको सायल गाउँपालिका वडा नं.६ का हुन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार एक सय ७९ पुगेको छ ।

प्रकाशितः २० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्