मस्जिदमा आगलागी हुँदा १२ जनाको मृत्यु, दर्जनौं घाइते



एजेन्सीः बंगलादेशको एक मस्जिदमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

एयर कन्डिसनरबाट भएको आगलागीमा परी डढेर दर्जनौं घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले दिएको जानकारी अनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राति आगलागी भएको हो ।

डढेको तथा प्लाष्टिक सर्जरीसम्बन्धी केन्द्रीय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए ।

घाइतेमध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राति नौ बजेतिर आगलागी भएको हो । अधिकारीहरुले ग्यास चुहिएका कारण भुइँ तलामा रहेका आठवटै एयर कन्डिसनरमा आगलागी भएको बताएका छन् । घटना भएका बेला मस्जिदमा झण्डै एक सय जना भक्तजन प्रार्थनाका लागि आएका थिए । घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।

प्रकाशितः २० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्