शनिबार मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि



गोरखा : गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीय वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार दिउँसो २ बजे अचेत अवस्थामा अस्पताल ल्याइएको उनलाई साढे ४ बजे अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए ।

उनी मस्तिष्कघातकी बिरामी थिइन् । ब्रेन ह्यामरेज भएर दुई हप्ताअघि भरतपुर अस्पतालमा उपचार गर्न लगिएको थियो । ब्रेनमा धेरै रगत जमेको रिपोर्टमा देखिनुका साथै शरीरको एक पाटा नचल्ने गरी प्यारालाइसिस पनि भएको जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

उनको शव आइसियूमै रहेको शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।

प्रकाशित : भदौ २१, २०७७

प्रतिक्रिया दिनुहोस्