चौधरी ग्रुपमा कार्यरत ४२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि



काठमाडौं : चौधरी ग्रुपमा कार्यरत ४२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको । बर्दियाको बासगढीस्थित चाउचाउ उद्योगमा कार्यरत ४२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा एकै दिन उक्त उद्योगका ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए ।

यसअघि पनि उक्त कम्पनिका कर्मचारीहरुमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा ४२ जनामा पनि पोजेटिभ देखिएको हो ।

कर्मचारीमा कोरोना देखिएपछि उद्योगलाई सिल गरिएको थियो । यसअघि चौधरी ग्रुपका मालिक एवं सांसद विनोद चौधरीलाई पनि कोरोना संक्रमण भएको थियो । तर, उनी भने निको भइसकेका छन् ।

प्रकाशित : भदौ २१, २०७७

प्रतिक्रिया दिनुहोस्