पाटेबाघको छालासहित बोहारा दाजुभाइ पक्राउ



बझाङः बझाङमा पाटेबाघको छालासहित २ जना पक्राउ परेका छन् ।

जिल्लाको बुङ्गल नगरपालिकामा बाघको छालासहित २ जना पक्राउ परेका हुन् । बुङ्गल नगरपालिका वडा नं.६ बड्डिजियावनका राईसिङ्गे बोहराका २७ वर्षिय छोरा अर्जित बोहरा, र उनकै २३ वर्षिय छोरा बिरेन्द्र बोहरालाई आईतबार राती प्रहरीको टोलीले पक्राउ गरेको हो ।

उनीहरुसँग पाटेबाघको छाला २ थान बाघको हड्डी ९ केजि रहेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्