अमेरिकामा न्याय माग्दै भएका विरोध प्रदर्शनमा हिंसात्मक झडप



ओरिगनः अमेरिकाको पोर्टल्यान्डमा रंगभेद र प्रहरी दमनको विरोधमा भएको प्रदर्शनका क्रममा हिंसात्मक झडप भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार प्रदर्शनकारीले बम तथा ढुंगा हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा एक जना गम्भीर घाइते भएका छन् ।

अमेरिकाको मिनिसोटा राज्यको मिनियापोलिसमा प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि अमेरिकामा प्रदर्शन सुरु भएको हो । प्रदर्शन आइतबार सय दिन नाघेको छ ।

प्रदर्शनका क्रममा आफूहरूमाथि घरेलु बम प्रहार गरिएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति भएको प्रदर्शनमा करिब ४ सय जना सहभागी थिए । प्रहरीले प्रदर्शनका क्रममा केहीलाई नियन्त्रणमा लिए पनि संख्या उल्लेख गरेको छैन ।

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्