उपत्यकाको निषेधाज्ञाबारे समीक्षा गर्न मंगलबार मेयरहरू बैठक बस्ने



काठमाडौंः उत्यकामा जारी निषेधाज्ञाको बारेमा छलफल गर्न उपत्यका मेयरहरुको फोरमको बैठक मंगलबार दिउसो १ बजे राष्ट्रिय सभागृहमा बस्ने भएको छ ।

यसअघि लगाएको निषेधआज्ञा बुधबार सकिन लागेकाले निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा सुझावका लागि छलफल गरिने गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिए ।

निषेधाज्ञाका सकारात्मक र नकरात्मक दुवै पक्षका विषयमा छलफल हुने उनले बताएका छन् । फोरमको बैठकले निषेधाज्ञाबारे साझा धारणा बनाएर सम्बन्धित निकायमा सुझाव पेस गर्नेछ ।

मेयरहरुको फोरमले दिएको सुझावका आधारमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउँदै आएका छन् । यसअघि साउन १७ गते लगाएको निषेधाज्ञा बुधबार सकिँदैछ ।

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्