मछिन्द्रनाथको रथ यात्रामा प्रहरीको हस्तक्षेपको विरोधमा हिन्दु महास‌घद्वारा प्रदर्शन



पर्साः नेपाल विश्व हिन्दु महासंघले ललितपुरमा रातो मछिन्द्रनाथको रथ यात्रामा प्रहरी प्रशासनबाट गरिएको हस्तक्षेपको बिरोधमा प्रदर्शन गरेको छ ।

महासघ पर्साले सोमबार पकहामैनपुर गाउपालिकामा प्रहरी प्रशासनको हस्तक्षेप बिरुद्ध पदर्शन गरेको हो । गाउपालिकाको हासवा चौकमा सयौंको सख्यामा सहभागी स्थानियले निकालेको विरोध जुलुस पकहामैनपुर चौकमा पुगेर समापन भएको थियो ।

जुलुसमा सहभागीहरुले केपि सरकार मुर्दाबाद, हिन्दु एकता जिन्दाबाद, मोहरर्म मुस्लिमलाई काखा, हिन्दुलाइ पाखा यहि हो तिम्रो निति लगायत बिरोध लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेएका थिए ।

नेपाल विश्व हिन्दु महासंघका सम्पूर्ण सदस्यहरु नेवार समुदायको पक्षमा छौं, सनातन धर्म मास्न पाइदैन, पुज्य सन्त तथा दलितहरु (निरंजन राम, बिजय राम, मिन्त्री देवी बैठा) का हत्यारा लाई यथाशीघ्र सार्वजनिक गरि कडा कार्यवाही गर लागायतका नाराहरुसमेत लगाएका थिए ।

महासंघले आयोजना गरेको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी प्रदर्शन विथोल्ने प्रयास गरेको महासंघ केन्द्रीय संगठन विभाग प्रमुख विजयप्रकाश निसादले बताए ।

विरोध प्रदर्शन कार्याक्रममा पकाहामैनपुर गाउँपालिका आयोजक विन्देश्वर गिरी, जिल्ला सचिव ओमप्रकाश पाण्डेय, जिल्ला सदस्य खोभरी पटेल,मनोज पासवान र उमाशंकर साहलगायत सयभन्दा बढी प्रदर्शनकारीको सहभागिता थियो ।

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्