इजिप्टमा पनि एक लाखभन्दा बढी संक्रमित



इजिप्ट : इजिप्टमा पनि कोभिड १९ का संक्रमितहरु बढ्दो रुपमा देखिएको छ । सोमबारको पछिल्लो परिणामअनुसार यहाँ पनि कोभिडका सङ्क्रमितहरु एकलाख नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको छ ।

उक्त मन्त्रालयकाअनुसार यहाँ एक लाख ४१ जना संक्रमित भेटिएका छन् । त्यस्तै यहाँका पाँच हजारभन्दा बढी नागरिकको सो सङ्क्रमणबाट ज्यान गएको छ ।सोमबारको प्राप्त पछिल्लो समाचारमा यहाँ पाँच हजार ५४१ जनाको यो संक्रमणबाट ज्यान गएको जनाइएको छ । यो संक्रमणका ७९ हजारभन्दा बढी संक्रमित यहाँ निको भएर घर फर्किएका छन् । यसरी यहाँका संक्रमितहरुमा निको हुने दर धेरै देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकमा यो भाइरसबाट विश्वका करिब दुई करोड ७० हजार मानिस संक्रमित भएका छन् भने यसबाट आठ लाख ८१ हजार जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्