सुडानमा ३०वर्षपछि इस्लामी शासन अन्त्य



सुडान : उत्तर अफ्रिकाको देश सुडानमा निरन्तर ३० वर्षको इस्लामी शासन अन्त्य गर्दै सबै धर्मलाई बराबर मान्ने विषयमा सहमति भएको छ ।

लामो समयदेखि जारी हिंसा अन्त्य गर्ने सिलसिलामा सुडानका प्रधानमन्त्री अबदुल्ला हमदोक र सुडान पिपुल्स लिबरेशन मुभमेन्टका विद्रोही समूहका नेता अब्दुल अजिज अल हिलुले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

इथियोपियाको राजधानी अदीस अबाबामा भएको भेटवार्तापछि दुवैले सहमतिपत्रमा हस्ताक्षर गर्दै सुडानलाई सबै नागरिकको हक सुरक्षित हुने गरी लोकतान्त्रिक देश बनाउने सुनिश्चितता गर्न सहमत भएका छन् । आत्मनिर्णयको अधिकारलाई सम्मान गर्दै नयाँ संविधान निर्माण गर्न पनि दुवै पक्ष सहमत भएका बीबीसी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्