७५ वर्षिया वृद्धालाई कुटपिट गरी मानव मलमुत्र खुवाइयाे



उदयपुर : छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरमा एक वृद्धालाई मानव मलमुत्र खुवाइएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ मौवासीकी ७५ वर्षीय वृद्धालाई मलमुत्र खुवाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

आफू एक्लै बसी गुजारा गर्दै आएकी वृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको व्यहोराको जाहेरी जिल्ला प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललन कुर्मीले बताए ।

 

मंगलबार राति वृद्धाकी छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भि राई र देवबहादुर राईले कुटपिट गरी दिसा गर्न लगाई सोही दिसा खुवाइदिएको र जीउ नै भरि दलेका् व्यहोराको उजुरी आएको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिए।

 

कुटाईवाट वृद्धाको दायाँ आँखामा गम्भिर चोट लागेको छ भने शरीरको अन्य भागमा पनि निलडामहरु रहेका छन् । जीउभरि दिशा दलिएको अवस्थामा जिल्ला प्रहरी आउनु भएकी वृद्धाको घाउ जाँच र केश फारमको लागि जिल्ला अस्पताल पठाएको र आरोपीलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्