नेकपा सुर्खेतका सचिव कृष्ण जिसीलाई कोरोना संक्रमण



सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतका सचिव कृष्ण जिसी (जितेन्द्र) र सदस्य रत्न गाहामगरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भदौ १७ गते प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गरिएको थियो । उनीहरुको सोमबार रिपोर्ट पोजेटिभ आएको हो ।

सावधानी अपनाउँदा अपनाउँदै कार्यकर्तासँग दिनुहँ भेटघाट हुने भएकाले पीसीआर परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको सचिव जिसीले बताए ।

हालसम्म कोरोनाको कुनै लक्षण नदेखिएको र आफै सामान्य अवस्थामा जस्तै स्वस्थ रहेको सचिव जिसीले बताए ।

सामान्य रुघा लागेपछि १७ गते नै पीसीआर परीक्षण गराएका नेकपाका जिल्ला सदस्य रत्न गाहाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनले आफूलाई रुघा लागिरहेकाले पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आए बताए ।

सचिव जिसी वीरेन्द्रनगरकै एक होटेलको आइसोलेसनमा बसेका छन् भने गाहा होम आइसोलेसनमा बसेका छन् ।

प्रकाशित : भदौ २३, २०७७

प्रतिक्रिया दिनुहोस्