यसरी फल्दै छ कोसीमा ड्रागन फ्रुट (फोटोफिचर)



काठमाडौं : तीव्र गतिमा बढिरहेको शहरीकरणले काठमाडौं उपत्यकामा खेतियोग्य जमिनको हिस्सा कम हुँदै गएको छ । उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ । तर, उर्जाशिल किसानहरुले यहि कंक्रिटको राजधानीमा घरको छत र कौसीमा फलफुल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

पछिल्लो समय कोरोना संक्रमणले आक्रान्त बनाएको उपत्यकामा किसानहरु घरको छतमा तरकारी र फलफुल उत्पादन गरेर लाखौं आम्दानी गरिरहेका छन् । बढ्दो सहरीकरण र जनसंख्याका कारण उब्जाउ हुने खेतियोग्य जमिन पाउनै मुस्किल पर्ने उपत्यकामा अहिले किसानहरु घरको छतमै फलफुल र तरकारी खेती गरेर लाखौं आम्दानी गरिहेका छन् । केही समय अघिसम्म आफ्नो आवश्यकता अनुसार घरको छतमा तरकारी फलाउँदै आएका किसाहरु अहिले छतमै ड्रागन फ्रुटको फलाइरहेका छन् ।

ड्रगन फ्रुटको खेतीबाट कोरोनाका कारण बेरोजगार बनेका युवाहरुलाई राहत दिने मात्रै नभएर खाद्यन्न संकट, भोकमरी र अनिकाललाई न्यूनीकरण गर्न सकिने ड्रागन फ्रुट व्यवसायी बासुदेव ढकालको भनाइ छ ।

खेतियोग्य जमिन मासिँदै गएपनि उपत्यकाका घरका ५० प्रतिशत छतहरुमा मात्रै ड्रागन फ्रुटको खेती गर्न सकिए १५ अर्ब बढीको उत्पादन हुने उनको भनाइ छ । रोपेको एक वर्षपछि उत्पादन सुरु हुने ड्रागन फ्रुट स्याउ, सन्तला, आँप कटहरु खेतीभन्दा सहज र बजारीकरणका लागि सरल हुने उनले बताए ।

वर्षेनी ठूलो मात्रामा बाहिरबाट आयात भइरहेको ड्रागन फ्रुटको खेती विस्तारका लागि सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत केही सम्बोधन गर्न खोजेको उनले बताए । राष्ट्र बैंकले समेत मौद्रिक नीतिमार्फत विशेष गरी कृषि क्षेत्र र ड्रागन फ्रुटको खेती प्रवद्र्धनका लागि कार्यक्रमहरु ल्याएर सहयोग गरेको उनले बताए ।

कोरोना संक्रमणले सामाजिक र आर्थिक जीवनलाई आक्रान्त पारेको छ । उपत्यकामा पनि दिनदिनै संक्रमितको संख्या बढ्दो छ । लाखौंले रोजगारी गुमाएका छन् । यस्तो अवस्थामा घरको छतमा थोरै लगानीमा समेत गर्न सकिने ड्रागन फ्रुटको खेतीले स्वरोजगार बन्न मदत गर्छ । र वर्षेनी विदेशबाट हुने गरेको आयातलाई निरुत्साहित गर्दै आफ्नो उत्पादन विस्तार गरी देशको आर्थिक वृद्धिमा टेवा पु-याउन सकिन्छ ।

प्रकाशित : भदौ २३, २०७७

प्रतिक्रिया दिनुहोस्