कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि



काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

स्वकीय सचिव भरत तिवारीका अनुसार महामन्त्री कोइरालालाई कोरोना संक्रमण भए पनि कुनै लक्षण नदेखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित : भदौ २३, २०७७

प्रतिक्रिया दिनुहोस्