कोरोना अपडेट: संक्रमितको संख्या ११ हजार ३ सय ७० पुग्यो



जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु हुनुका साथै १ सय १० जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ भने संक्रमितको संख्या ११ हजार ३ सय ७० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डाक्टर कमलेश प्रसाद यादवले जानकारी दिए ।

आज बाराको महागढीमाई नगरपालिका वडा नम्बर-१० गंज भवानीपुरका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १६ महिला र ९० पुरुष गरि १ सय ६ जनाको मृत्यु भईसकेको उनले बताए ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ३९, बारामा १६, धनुषामा १२, महोत्तरीमा ११, सिरहामा १०, सप्तरीमा ८, रौतहटमा ५, सर्लाहीमा ४ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा पछिल्लो २४ घण्टामा २३ महिला र ८७ पुरुष सहित १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार धनुषाका २७, सप्तरीका २४, सिरहाका १९, पर्साका १४, बाराका ११, रौतहटका ८, महोत्तरीका ४ र सर्लाहीका ३ जना संक्रमित भएका छन् । प्रदेशमा मंगलबारसम्म संक्रमितको संख्या ११ हजार ३ सय ७० पुगेको छ । संक्रमितमध्ये ९ हजार ५ सय ६६ पुरुष र १ हजार ८ सय ४ महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डाक्टर कमलेश प्रसाद यादवले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ५० जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १ सय १० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेशभरीमा मंगलबारसम्म सप्तरीमा १५ हजार ७ सय ६४, सिरहामा ८ हजार ४ सय ५०, धनुषामा १२ हजार १९, महोत्तरीमा ६ हजार ३ सय ४६, सर्लाहीमा १२ हजार ७ सय ६४, रौतहटमा २१ हजार ६ सय ६७, बारामा ९ हजार ९ सय ८ र पर्सामा १९ हजार ९ सय ३४ गरि जम्मा १ लाख ६ हजार ८ सय ५२ जनाको स्वाब परिक्षण गरिएकोमा ११ हजार ३ सय ७० जना संक्रमित भएका छन् भने ९० हजार ४ सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार ४ सय ६, सिरहामा २ सय ४२, धनुषामा ५ सय ९६, महोत्तरीमा २ सय ७०, सर्लाहीमा १ हजार ५१, रौतहटमा ५ सय १६, बारामा ६ सय ९३ र पर्सामा २ सय १४ गरि कुल ४ हजार ९ सय ८८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ३ सय ४५, सिरहामा ३७, धनुषामा ५६, महोत्तरीमा ४०, सर्लाही २ सय ५१, रौतहटमा ३०, बारामा १ सय ९४ र पर्सामा १ सय २६ गरि १ हजार ७९ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ७ सय २० बेड क्षमताको १ सय ७३ वटा क्वारेन्टाइनमा अहिले ५ सय ३७ जनालाई राखिएको छ भने १ हजार ६ सय ९१ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ३२, सिरहामा १ सय ९६, धनुषामा ४६, महोत्तरीमा ५१, सर्लाहीमा ७२, रौतहटमा २५, बारामा ३८ र पर्सामा २ सय ८३ गरि ८ सय ४३ जनालाई भर्ना गरिएको वरिष्ठ चिकित्सक यादवले जानकारी दिए । त्यस्तै यस प्रदेशमा सप्तरीमा १ सय, सिरहामा ३, धनुषामा ८ सय १५, महोत्तरीमा ८ सय ६०, सर्लाहीमा ८ सय ५४, रौतहटमा ८ सय १०, बारामा ३ सय ८० र पर्सामा ७ सय १६ गरि ४ हजार ५ सय ३८ जना होम आइसोलेसनमा रहेको उनले बताए ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ३ सय ८३ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ८ सय १३, रौतहटमा १ हजार ७ सय १६, सर्लाहीमा १ हजार ६ सय ८३, महोत्तरीमा १ हजार ३ सय ८०, बारामा ९ सय ८२, सप्तरीमा ९ सय १६ र सिरहामा ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशका ४७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका १, रौतहटका ३ र पर्साका ४३ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ६ सय ७६, सिरहाका ३ सय ५८, धनुषाका ९ सय ४०, महोत्तरीका ४ सय ५८, सर्लाहीका ७ सय ५३, रौतहटका ८ सय ७६, बाराका ४ सय ७८ र पर्साका १ हजार ३ सय ४४ गरि ५ हजार ८ सय ८३ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः २३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्