१८ महिनाको बालकसहित चितवनमा थप १२ जनामा कोरोना संक्रमण



चितवन : चितवनमा १८ महिनाको बालकसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालअन्तर्गतको कोभिड–१९ प्रयोगशालामा मंगलबार २ सय ५७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

भरतपुर महानगरपालिकाका ७ महिला र २ पुरुष गरी ९ जनामा संक्रमण देखिएको छ भने उनीहरु ९ वर्षदेखि ५४ वर्ष उमेर समूहका छन् ।

चितवनकै माडी नगरपालिकाका १८ महिने बालक र २७ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी सिन्धुपाल्चोकका ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उनको भरतपुर अस्पतालमा स्वाब संकलन गरिएको थियो ।

प्रकाशित : भदौ २४, २०७७

प्रतिक्रिया दिनुहोस्