अल्का अस्पतालमा काठमाडौंका कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं : ललितपुरस्थित अल्का अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

काठमाडौं निवासी ६७ वर्षीय पुरुषको मंगलबार साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ती पुरुषलाई मंगलबार मात्रै अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी चितवनमा पनि थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नवलपुर देवचुली नगरपालिका १ बस्ने ६४ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

भदौ १९ गते कोभिड संक्रमणसँगै खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भरतपुर अस्पताल, चितवनको आइसीयूमा भर्ना भएका थिए । उनलाई अस्पताल भर्ना हुनुभन्दा दुई दिनअघि (भदौ१७) गते नै कोभिड पोजेटिभ पुष्टि भइसकेको अस्पतालले जानकारी दिएको छ ।

डाइलासिस समेत गरिएको ती पुरुषको अस्पतालको कोभिड आइसीयूको भेन्टीलेटरमा राखेर उपचार भइरहेका थियो ।

प्रकाशित : भदौ २४, २०७७

प्रतिक्रिया दिनुहोस्