जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्री भट्टराईको निर्देशन



काठमाडौंः आन्तरिक उडानका लागि हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा निगमलाई निर्देशन दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

आज मन्त्रालमा नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागिय प्रमुखसँग संयुक्त बैठकमा मन्त्रालयमा बोलाई मन्त्री भट्टराईले निर्देशन दिएका हुन् । उनले आन्तरिक तर्फ दुई वटा मात्र टुईनटर जहाज भएको र त्ससले माग धान्न नसकेको साथै दुर्गभ क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएको बताउदै तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले नेपाल एयरलाईन्सलाई पब्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, संचयकोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिए । उनले नेपाल एयरलाईन्स ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाईन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिए ।

उनले एयरलाईन्सको स्थिति सुधारको लागि आआफनो विभागबाट तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढन आग्रह गरेका हुन् । नेपाल एयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाउँमा रहेका अचल सम्पती (जग्गा) ब्यवसायीक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न आग्रह गरे ।

निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारवाही गर्न अध्यक्ष सुशिल घिमिरेलाई निर्देशन दिए । खर्च कटौती तथा मित ब्ययीता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत अनुरोध गरेका छन् ।

मन्त्री भट्टराईले जिएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान ऐजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र जिएसए तोक्नु पर्नेमा जोड दिएका छन् ।

प्रकाशितः २४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्