सिरहामा ५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि



सिरहा : सिरहामा ५८ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार सिरहामा कोरोना पुष्टि भएका ६७ जनामध्ये ५९ जना कैदीबन्दीमा र सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय छन् ।

सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना देखिएको हो । उनीहरूको बुधबार पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

यससँगै सिरहामा सक्रिय संक्रमितको संख्या २ सय ६५ पुगेको छ । हालसम्म ३ सय ५५ जना निको भएर घर फर्किसकेका छन् । १० जनाको कोरोनाले मृत्यु भइसकेको छ ।

प्रकाशित : भदौ २५, २०७७

प्रतिक्रिया दिनुहोस्