नेकपा स्थायी कमिटीको बैठक सकियो



काठमाडौं: चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रवार) बसेको बैठकले कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिएका छन् ।

बैठकको शुरूमा संक्षिप्त सम्बोधनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैठक संचालनको जिम्मा लगाएर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिए । ओली बाहिरिएपछि बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए ।

गत मंसिरमा कार्यकारी अध्यक्षको जिम्मा पाएका प्रचण्डले बैठकको अध्यक्षता गर्न नपाएको गुनासो गर्दै आएका छन् । सहमति खोज्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले महाधिवेशनसम्म प्रचण्डलाई पार्टी संचालनको जिम्मा दिन प्रस्ताव गरेको थियो ।

असार १० गतेबाट शुरू भएको बैठक पटक-पटक स्थगित हुँदै आएको थियो । आज समापन भएको छ ।

प्रकाशितः २६ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्