घरधनीले कोठामा बस्ने चौधरीको गरे हत्या



काठमाडौंः काठमाडौंमा घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर एक जनाको हत्या गरिएको छ ।

बारा कलैया उपमहानगरपालिका-५ घर भई हाल काठमाडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको हत्या गरिएको हो ।

काठमाडौँस्थित कीर्तिपुर नगरपालिका-७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आग्लोले लागेर गम्भीर घाइते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

हत्या आरोपमा महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशितः २६ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्