रुपन्देहीका ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



रुपन्देही : कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ ।

जिल्लाको ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा शुक्रबार राति मृत्यु भएको हो ।

भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ १६ गते कोरोना अस्पतालमा भर्ना भएका उनको शुक्रबार राति १२ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनलाई २४ गतेदेखि स्वास्थ्यमा थप समस्या भएपछि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा.गौतमले बताए । उनी मधुमेहका बिरामी थिए ।

प्रकाशित : भदौ २७, २०७७

प्रतिक्रिया दिनुहोस्