दाहाको फोटो शेयर गरेको विषयमा हिन्दु–मुस्लिमबीच विवाद



जनकपुरधाम : एक हिन्दु युवाले मोहर्रमका लागि बनाइएको दाहाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि जनकपुरमा हिन्दु मुस्लिमबीच विवाद भएको छ ।

केही दिन अगाडि एक हिन्दु युवाले दाहाको फोटो सामाजिका सञ्जालमा शेयर गरेलगत्तै मुस्लिम समुदाय सोही विषयलाई लिएर आक्रोशित भएको बताइएको हो ।

जनकपुरधाम उपमहानगरपालिका– २० रुपैठामा भएको सो विवादमा शनिबार दूबै पक्ष बिच केहीबेर पत्थरवाजी समेत भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शनिबार बिहान भएको सो झडप नियन्त्रणमा आईसकेको र विवाद समाधानका लागि दूबै पक्षबीच वार्ता चलिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

प्रहरीले सो झडपलाई नियन्त्रणमा लिनका लागि एक दर्जन राउण्ड अश्रु ग्याँस प्रहार गरेपनि प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले ३र४ राउण्ड अश्रु ग्याँस मात्रै प्रहार गरिएको बताए । अवस्था सामान्य रहेको जानकारी गराउँदै प्रहरी नायब उपरीक्षक मिश्रले विस्तृत विवरण अहिले आउन बाँकी रहेको बताए ।

यता मोहर्रमका लागि बनाइएको दाहामा आगो लगाइएपछि आक्रोशित समुहले त्यहीँ रहेको एक पसलमा तोडफोड गर्नुका साथै पसल नै भत्काएका छन् । यद्यपि दाहामा आगो लगाइए नलगाइएको विषयमा प्रहरीले पुष्टी गरेको छैन ।

झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको टोलीका साथै सशस्त्र प्रहरीको टोली समेत खटाइएको थियो ।

प्रकाशित : भदौ २७, २०७७

प्रतिक्रिया दिनुहोस्