आज कति पुग्यो सुनको मूल्य ?



काठमाडौं : साताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलाको ९६ हजार ५ सयमा कारोबार भएरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार समेत छापावाल सुनको मूल्य ९६ हजार ५ सय रहेकोमा आइतबार मूल्य स्थिर रहेको हो ।

यस्तै तेजावी सुन पनि शुक्रबारकै मूल्य ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबार तोलामा १३१० रुपैयाँमा कारोबार भएको नेपाल महासंघले जनाएको छ ।

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्