कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु



बुटवल : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज (सोमबार) बिहान मृत्यु भएको हो ।

भदौ २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेको थियो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उपचारकै क्रममा उनले बिहान साढे ४ बजे मृत्यु भएको हो ।

उनी मृगौला रोगबाट पीडित र डायलासिस गराइरहेको विरामी रहेको डा. गौतमले बताए ।

प्रकाशित : भदौ २९, २०७७

प्रतिक्रिया दिनुहोस्