जनकपुर–जयनगर रेल सञ्चालनका लागि १२९ कर्मचारी माग



जनकपुरधाम : रेल विभागले विभिन्न २९ वटा पदका लागि कर्मचारी माग गरेको छ । जनकपुर–जयनगर रेल सञ्चालनका लागि विभागले विभिन्न २९ वटा पदका लागि १ सय २९ जना कर्मचारी माग गरेको हो ।

विभागले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरु परिपूर्तिका लागि सोमबार विज्ञापन प्रकाशन गरेको छ । विभागले स्नात्तकदेखि लिएर सामान्य लेखपढ गरेकाहरुको लागि समेत विज्ञापन आह्वान गरेको छ । विभागले अधिकृत तृतिय स्तरका लागि प्रशासन शाखाको एकजना शाखा अधिकृतका लागि विज्ञापन निकालेको छ ।

त्यस्तै कानून अधिकृत १ जना, स्टेशन मास्टरमा ३ जनाको माग गरेको छ । त्यस्तै सव इन्जिनियर, सहायक स्टेशन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट क्लेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको पदमा विज्ञापन आह्वान गरिएको हो ।

आवेदकले असोज १२ गते भित्र रेल्वे कम्पनीको वेवसाइटमार्फत विभिन्न विज्ञापनमा अनलाइन दर्खास्त भर्न सक्ने जनाएको छ । विभागले अधिकृतको लागि १ हजार रुपैयाँ, सहायक स्तरको लागि ४ सय रुपैयाँ र श्रेणी विहिन स्तरको लागि ३ सय रुपैयाँ दस्तुर तोकेको छ ।

प्रकाशित : भदौ २९, २०७७

प्रतिक्रिया दिनुहोस्