कोरोना संक्रमणबाट सिरहाकी एक महिलाको मृत्यु



जनकपुरधाम : कोरोना संक्रमणबाट प्रदेश २ मा थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर–२ बन्दिपुर घर भएकी ३५ ववर्षीया महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

लामो समयदेखि निमोनियाबाट ग्रसित रहेकी सो महिलाको पीसीआर परीक्षण गर्दा आईतबार कोरोना पुष्टि भएको थियो । उपचारका लागि जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी उनमा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।

उपचारकै क्रममा उनको आइतबार साँझ साढे ५ बजे मृत्यु भएको प्रमुख यादवले बताए । योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रकाशित : भदौ २९, २०७७

प्रतिक्रिया दिनुहोस्