पर्सामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु



पर्सा : पर्सामा कोरोना संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ । नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा १६ दिनदेखि उपचाररत ५५ वर्षीया महिलाको आइतबार राति ज्यान गएको हो ।

भदौ १२ मा कोरोना अस्पताल भर्ना गराइएको वीरगञ्ज महानगरपालिका–१० की ती महिलाको आइतबार राति २ बजेर ५५ मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाए ।

‘संक्रमित महिलाका दुवै फोक्सोमा समस्या थियो,’ चौरसियाले भने, ‘उनमा श्वासप्रश्वासको समस्या र शरीरमा अक्सिजनसमेत नपुगेको अवस्था थियो ।’

हालसम्म पर्साका ४३ जना कोरोना संक्रमितको मृत्यु भइ सकेको छ । कोरोना संक्रमितको सख्या घटेर ४२ पुगेको छ । कोभिड अस्पताल गण्डकमा उपचार्थ सक्रमित मध्ये १२ जना महिला रहेका छन् ।

प्रकाशित : भदौ २९, २०७७

प्रतिक्रिया दिनुहोस्