११७० जना कोरोना संक्रमित हुँदा १५ जनाको मृत्यु



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ११७० जना कोरोना संक्रमित हुँदा १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर ११७० जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

योसँगै कोरोना संक्रमितको संख्या ५५३२९ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ । प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५३९३ रहेको छ । यसमध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमित ७२७५ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार काठमाडौंका ४४० जना, भक्तपुरका ४३ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार उपत्यकामा काठमाडौंका ४८३ ,भक्तपुरका ८१ र ललितपुरका ३३ जना गरी ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। 

त्यस्तै सोमबार कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८७९ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ३९५४६ छ । अहिलेसम्म झन्डै ७१.५ प्रतिशत संक्रमित निको भएको सरकारी तथ्याङ्क छ ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्