लागूऔषधसहित धनगढीमा २ जना पक्राउ



धनगढीः लागूऔषधसहित २ जनालाई धनगढीमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ का २३ वर्षीय जिवन खत्री र २५ वर्षीय हर्क मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुले कञ्चनपुरको डोकेबजारबाट से ३ प ८५५३ नम्बरको मोटरसाइकलमा ८० ट्याब्लेट ‘स्प्यास्मो प्रोक्सीभोन प्सल’ नामक लागुऔषध लुकाएर ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्