प्रदेश २ : सोमबार २ को मृत्यु, ८० जना नयाँ संक्रमित थपिए



जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु हुनुका साथै ८० जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ भने संक्रमितको संख्या ११ हजार ९ सय ६३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

आज पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर-१० की ५५ वर्षिया एक महिला र सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर-२ की ३५ वर्षिया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १८ महिला र ९३ पुरुष गरि १ सय ११ जनाको मृत्यु भईसकेको उनले बताए ।

अहिलेसम्म पर्सामा ४०, बारामा १६, धनुषामा १३, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ८, रौतहटमा ५, सर्लाहीमा ४ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा पछिल्लो २४ घण्टामा १६ महिला र ६४ पुरुष सहित ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (सोमबार) प्रदेश २ मा सबैभन्दा बढी सिरहामा ३४, सप्तरीमा २१, बारामा १०, पर्सामा ९, धनुषामा ३, महोत्तरीमा २ र सर्लाहीमा १ जना संक्रमित भएका छन् । प्रदेशमा सोमबारसम्म संक्रमितको संख्या ११ हजार ९ सय ६३ पुगेको छ । संक्रमितमध्ये १० हजार ३६ पुरुष र १ हजार ९ सय २७ महिला रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा ८० जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

सोमबार सिरहामा संक्रमण पुष्टि भएकाहरु श्री शेरगण चोहर्बा ब्यारेकका २८ देखि ३५ वर्ष उमेर समुहका ३ पुरुष, श्री २७ वाहिनी अड्डा चोहर्बाका २३ देखि ४१ वर्ष उमेर समुहका ११ पुरुष, सिरहा–१ स्थित स्वाब कलेक्शन भएको जिल्ला कारागारको कार्यालयका १४ देखि ३५ वर्ष उमेर समुहका १५ पुरुष, लहान नगरपालिका-७ का ३२ र ५० वर्षीया २ महिला तथा ५५ वर्षीय एक पुरुष, लक्ष्मीपुर पतारी गाउँपालिका-६ का १९ वर्षीय एक युवक र गोलबजार नगरपालिका-१२ का ६५ वर्षीय एक पुरुष रहेका छन् ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर-६ र ७ का १७ वर्षीय एक युवती र ३२ वर्षीय एक पुरुष, राजविराज नगरपालिकाका ४० वर्षीय एक पुरुष, तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर-१, २, ३ र ४ का २५ र ४५ वर्षीया २ महिला तथा २५ देखि ५० वर्ष उमेर समुहका ३ पुरुष, दौलतपुर-१ का ५८ वर्षीय एक पुरुष, महादेवा गाउँपालिका-४ का २७ वर्षीय एक युवक, विसनपुर-६ का उमेर खुल्न नसकेको एक पुरुष, सिसहरी-३ का ८५ वर्षीय एक बृद्ध, खडक नगरपालिका-३ का ३५ वर्षीय एक पुरुष, महादेवा गाउँपालिका-१ का २८ वर्षीय एक पुरुष, आन्तरिक राजश्व कार्यालय राजविराजका ३१ वर्षीय एक पुरुष, राजविराजका २५ वर्षीय एक प्रहरी, तिरहुत गाउँपालिका वडा नम्बर-४ र ५ का ११ देखि ३५ वर्ष उमेर समुहका ३ महिला तथा २० वर्षीय एक युवक र अग्नीसाइर कृष्णसवरण गाउँपालिका-५ का ३३ वर्षीय एक पुरुष संक्रमित भएका छन् ।

बाराका संक्रमितहरु जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-२ र १५ का ४० देखि ७४ वर्ष उमेर समुहका ३ महिला तथा ३८ एवं ५० वर्षीय २ पुरुष, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-७ पहाडिया टोलका १७ वर्षीया एक युवती, सुवर्ण गाउँपालिका-७ का ३१ वर्षीय एक पुरुष र सिमरौनगढ नगरपालिका वडा नम्बर-२, ५ र ८ का २३ देखि ५० वर्ष उमेर समुहका ३ जना पुरुष रहेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर-८, १० र १३ का ५५ वर्षीया २ महिला तथा २४ देखि २६ वर्ष उमेर समुहका ३ पुरुष, वगाही वीरगञ्जका ५६ वर्षीय एक पुरुष, वीरगञ्ज महानगरपालिका-३२ परवानीपुरका ५६ वर्षीय एक पुरुष, पटेर्वा सुगौली गाउँपालिका-५ का २४ वर्षीय एक युवक र बदेर्वाका १७ वर्षीय एक युवक कोरोना संक्रमणको चपेटामा परेका छन् ।

धनुषाका संक्रमितहरु जनकपुरधाम उपमहानगरपालिका-१२ का २० वर्षीय एक युवक, जनकपुरधाम उपमहानगरपालिका-८ का २९ वर्षीया एक महिला र लक्ष्मीनियाँ गाउँपालिकास्थित बनिनिया हेल्थपोष्टका २७ वर्षीय एक पुरुष रहेका छन् ।

महोत्तरीको महोत्तरी गाउँपालिका घर भई सिद्धी मेमोरियल अस्पतालमा भर्ना भएकी २९ वर्षीया एक महिला र अनारवन-५ का ७० वर्षीय एक बृद्ध संक्रमित भएका छन् भने सर्लाहीको रामनगर गाउँपालिकाका ४३ वर्षीय एक पुरुष समेत कोरोना संक्रमित भएका छन् ।

प्रदेशभरीमा सोमबारसम्म सप्तरीमा १६ हजार ८ सय ४९, सिरहामा ९ हजार ७४, धनुषामा १२ हजार ६ सय २३, महोत्तरीमा ६ हजार ६ सय ४५, सर्लाहीमा १२ हजार ८ सय ८९, रौतहटमा २२ हजार १ सय ६१, बारामा १० हजार ५ सय ५० र पर्सामा २० हजार ९ सय ४३ गरि जम्मा १ लाख ११ हजार ७ सय ३४ जनाको स्वाब परिक्षण गरिएकोमा ११ हजार ९ सय ६३ जना संक्रमित भएका छन् भने ९५ हजार १ सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार ६ सय ५७, सिरहामा ७ सय ४३, धनुषामा ४ सय ५०, महोत्तरीमा २ सय, सर्लाहीमा ७ सय, रौतहटमा ३ सय २९, बारामा ४ सय ९६ र पर्सामा ६४ गरि कुल ४ हजार ६ सय ३९ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा २ सय ५, सिरहामा २ सय ३, धनुषामा १ सय ४०, महोत्तरीमा ५९, रौतहटमा ६३, बारामा २ सय ३८ र पर्सामा ६४ गरि ९ सय ७२ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ५ सय ९० बेड क्षमताको १ सय ७० वटा क्वारेन्टाइनमा अहिले ४ सय ५७ जनालाई राखिएको छ भने १ हजार ४ सय ९५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ५८, सिरहामा ३ सय २९, धनुषामा २१, महोत्तरीमा ३४, सर्लाहीमा ७६, रौतहटमा ४८, बारामा १४ र पर्सामा १ सय ९५ गरि ८ सय ७५ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा सप्तरीमा १ सय १७, सिरहामा ३, धनुषामा ८ सय ३२, महोत्तरीमा ८ सय ६८, सर्लाहीमा १ हजार २, रौतहटमा ८ सय ३३, बारामा २ सय ४२ र पर्सामा ६ सय ७८ गरि ४ हजार ५ सय ७५ जना होम आइसोलेसनमा रहेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ४ सय २० जना संक्रमित भएका छन् । धनुषामा १ हजार ८ सय ५०, सर्लाहीमा १ हजार ८ सय ३७, रौतहटमा १ हजार ७ सय ६२, महोत्तरीमा १ हजार ३ सय ९२, बारामा १ हजार ३९, सप्तरीमा १ हजार १५ र सिरहामा ६ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ५० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशका ३८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सिरहाका ६, धनुषाका १७, महोत्तरीका १, बाराका ४ र पर्साका १० जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ७ सय ३४, सिरहाका ३ सय ८५, धनुषाका ९ सय ८४, महोत्तरीका ४ सय ७७, सर्लाहीका ७ सय ५५, रौतहटका ८ सय ७६, बाराका ६ सय ९० र पर्साका १ हजार ५ सय १ गरि ६ हजार ४ सय २ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्