सरकारी बेवास्ताप्रति जसपाको गम्भीर ध्यानाकर्षण



काठमाडौंः जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारी बेवास्ताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुलुकको समृद्ध र समाजिक न्यायको लागि पेशागत इमान्दारिता र लगनशिलताका साथ निर्वाह गर्दै आएको मुलुकको उच्च शिक्षाको प्रमुख दायित्व बोकेको त्रिभुवन विश्वविद्यालयमा भैरहेको अनियमितता, राजनितिकरण एवं असमावेशी नियुक्तिप्रति सरकारी बेवासताको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पार्टी अध्यक्ष महन्थ ठाकुरद्वारा हस्तक्षरित विज्ञप्तिमा भनिएको छ-‘वर्तमान सरकारबाट मान्य समावेशी सिद्धान्त विपरित नियुक्त त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको प्राज्ञिक संस्थाको जिम्मेवारी अनुरुपको गरिमा राख्न नसक्दा विश्वद्यिालय अन्वेषण र चिन्तनको थलोभन्दा विसंगतीपुर्ण वर्चस्ववादी मानसिकताको खेल मैदान बन्दै जानु दुः खद भएको छ । राष्ट्रिय लोकतान्त्रिक प्राध्यपाक संघ नेपालले त्रि.वि.लाई प्राज्ञिक सुशासन र पदको नियुक्ति नेपालको संविधानको मर्म र भावना अनुसार समानुपातिक समावेशी रुपमा गराउन दवावमुलक कार्यक्रम गर्दै आएको छ । तर संवादबाट समाधान खोज्नुपर्ने प्रक्रियातर्फ भन्दा राष्ट्रिय लोकतान्त्रिक प्राध्यपक संघलगायत प्राध्यपकहरुको नेतृत्वप्रति वदनियतपूर्ण मनसाय राखेर मुद्दा दायर गर्ने कार्यले द्वन्द झनै बढ्ने देखिएको छ ।’

राष्ट्रिय लोकतात्रिक प्राध्यपाक संघको केन्द्रिय अध्यक्ष उप-प्रा.डा. उदय किशोर तिवारी र उपाध्यक्ष सह-प्रा.गीता श्रेष्ठमाथिको मुद्दा अविलम्ब फिर्ता लिएर वार्ता र संवादको माध्यमबाट समस्याको उचित सामाधान गर्न जसपाले नेपाल सरकार एवं त्रिवि प्रशासनलाई विज्ञप्तीमार्फत आग्रह गरेको छ ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्