बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु, घिसिङलाई निरन्तरता दिने नदिनेबारेमा महत्वपूर्ण निर्णय हुने



काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नियमित बैठकको श्रृङ्खला भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन् ।

आजको बैठकमा केही महत्वपूर्ण निर्णय हुने बताइएको छ । नेपाल विद्युत प्राधिकरणबाट अवकास पाएका कार्यकारी निर्देशक कुलमान घिसिङको स्थानमा नयाँ नियुक्ति वा कुलमान घिसिङलाई नै निरन्तरता दिनेबारेमा महत्वपूर्ण निर्णय हुने छ ।

दुई दिनअघि कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरणको कार्यकारी निर्देशक पद खाली छ । उनलाई पुन नेतृत्व दिन सरकारलाई चौतर्फी दवाव छ ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्