वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस, कुलमानबारे भएन निर्णय



काठमाडौं : सरकारले सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रियसभाको रिक्त सदस्य पदका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेकोको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

तत्कालीन अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नेछिन् ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेको छैन ।

यसैबीच, सरकारले लामो दुरीको यातायातका साधन असोज ५ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार यातायातका साधानले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउनेछन् ।

गत चैत ११ गतेदेखि लकडाउन भएपछि सार्वजनिक यातायात बन्द थियो भने व्यवसायीले खुलाउन माग गर्दै आएपनि सरकारले जोखिम रहेको भन्दै सञ्चालनको अनुमति दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्