पत्रकारमाथिको आक्रमणविरुद्ध प्रशासनमा धर्ना



धनगढीः कैलालीको संचारगृहमा प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्ने विरुद्ध धर्ना गरिएको छ ।

पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा कालो पट्टी बाँधेर पत्रकारहरुले धर्ना दिएका हुन् ।

नेपाल पत्रकार महासंघ कैलालीले घोषणा गरेका दोस्रो चरणको आन्दोलनमा पत्रकारहरुले कालो पट्टी बाँधेर धर्ना दिएका छन् । प्रेस र पत्रकारमाथि घटना बढेकाले दोषीलाई कानूनी कारवाही गनुपर्ने उनीहरुको माग छ ।

समाचारको विषयलाई लिएर गत शुक्रबार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरी एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गरेका थिए । महासंघ कैलालीको अगुवाईमा आन्दोलन जारी रहेको छ ।

पहिलो चरणको आन्दोलनमा आईतवार धनगढीको पार्कमोडदेखि जिल्ला प्रशासन कार्यालसम्म र्याली र कोण सभा, सोमबार प्रशासन कार्यालयमा धर्ना दिएर मुख्यमन्त्री भट्टको ध्यानाकर्षण, मंगलवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिएको थियो ।

संचार माध्यममा आक्रमण गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दिनेश सञ्चारगृहले सार्वजनिक हितविरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालयमा शुक्रवार जाहेरी दिएको थियो ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्