खुटिया नदीको किनारमा बेवारिसे शव फेला



धनगढीः गोदावरीको खुटिया नदी किनारमा बेवारिसे शव फेला परेको छ ।

कैलालीको गोदावरी नगरपालिका-८ मा रहेको खुटिया नदीको किनारमा एक पुरुषको शव फेला परेको हो ।

अन्दाजी ५५ वर्षीय पुरुषको शव बुधवार खुटिया पुल भन्दा ५ किलोमिटर उत्तर खुटिया नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

उनको सनाखत भएको छैन । कपाल फुलेको, सेतो हाफ सर्ट, निलो पाइन्ट लगाएको उक्त पुरुषलाई चिन्नेले प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ । शव सेती प्रादेशिक अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्