सशस्त्र प्रहरीको ‘रिजर्भ गण’ स्थापना



जनकपुरधाम : सीमा नाकाको सुरक्षाका लागि महोत्तरीको बर्दिबास नगरपालिका ४ मा सशस्त्र प्रहरीले ‘रिजर्भ गण’ स्थापना गरेको छ ।

सशस्त्र प्रहरीको प्रदेश २ कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं.३९ ‘रिजर्भ गण’ को हेड क्वाटर स्थापना गरिएको हो । उक्त गणको प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णभक्त ब्रम्हचार्यले उदघाटन गरेका हुन् ।

नेपाल सरकारले गत असार २९ गते सीमा नाकाको सुरक्षा, त्यसको व्यवस्थापन र जनशक्ति परिचालनका लागि काम गर्न भन्दै ‘रिर्जभ गण’ को स्थापना गर्ने निर्णय बमोजिम गणको स्थापना गरिएको डीआईजी ब्रम्हाचार्यले बताए ।

उनका अनुसार गणले विपद व्यवस्थापन, राहत तथा उद्धार, सीमामा हुने क्रियाकलाप बारे काम गर्नेछ । गणमा उपरीक्षक सुरेन्द्र बुढाथोकीको नेतृत्वमा ६ सय २१ जना जनशक्ति परिचालन हुने छन् । बर्दिबासबाहेक बारामा पनि रिजर्भ गणको स्थापना गरिने उनले बताएका छन् ।

प्रदेश २ अन्तर्गत सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र बारामा नयाँ बीओपी थपिने डीआईजी ब्रम्हाचार्यले बताए ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्